मन्त्री आलेको पहलमा जिल्ला अस्पताल डोटीमा २१ थान अक्सिजन सिलिन्डर — OSNepal

मन्त्री आलेको पहलमा जिल्ला अस्पताल डोटीमा २१ थान अक्सिजन सिलिन्डर

LC (KTM) May 13, 2021 0

काठमाडौँ, ३० वैशाख – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा जिल्ला अस्पताल डोटीका लागि २१ थान अक्सिजन सिलिन्डर पठाइएको छ । जिल्लामा अक्सिजन नहुँदा कोरोना सङ्क्रमणका बिरामीलाई उपचार गर्नमा समस्या भएको गुनासो आएपछि मन्त्री आलेको पहलमा जिल्ला अस्पतालका लागि अक्सिजन भरिएका २१ सिलिन्डर पठाइएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमा मन्त्री आलेको पहलमा अक्सिजन सिलिन्डर पुगेपछि त्यहाँका नागरिकले निकै खुशी हुनुका साथै कोरोना सङ्क्रमितलाई सहज भएको जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट कृष्ण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अक्सिजन नहुँदा कोरोना सङ्क्रमितको उपचार गाह्रो थियो, अब सहज हुन्छ ।” (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर