सामुदायिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प — OSNepal

सामुदायिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प

LC (KTM) January 06, 2023 0

महेन्द्रनगर-धनुषाको नगराइन नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाउन नसकेका हुन् । ति विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् । सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे पनि समस्या समाधान हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले बताउनुभयो । नगराइन नगरपालिकामा १६ सामुदायिक विद्यालय छन् । तलबका लागि शिक्षकले दैनिकरुपमा धर्ना दिँदैआएका छन् ।

नगरपालिकाको लापरवाहीका कारण पठनपाठन ठप्प भएको विद्यार्थी राजेश ठाकुरले बताउनुभयो । नगरपालिकास्तरीय आयोजना सञ्चालनका लागि उपभोक्ता समितिको गठन गर्दा कार्यपालिकाले तोकेको कार्यपालिकाका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नुपर्ने व्यवस्था छ । यसलाई २०७६ सालमा संशोधन गरी ‘वडास्तरीय योजनाबाहेक अन्य आयोजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्दा नगरप्रमुखले तोकेको कार्यपालिका सदस्य वा कार्यालयको प्रतिनिधिको रोहवरमा गर्नुपर्ने व्यवस्था गरिएपछि उपप्रमुखसहितका बहुमत वडाध्यक्षले विरोध गर्दै २०७४ सालको पुरानै ऐन कार्यान्वयन वा संशोधन गरिएको बुँदा खारेजको माग गर्दै आएको छ ।

विद्यालय लगातार रुपमा बन्द भएका कारणले नगरपालिकाले सञ्चालन गर्ने अर्द्ध वार्षिक परीक्षा प्रभावित हुनुका साथै एसइईका विद्यार्थीलाई परीक्षा फारम भर्नेसहितका अन्य कामकाज गर्नमा समस्या भएको र यसले विद्यार्थीको भविष्य अन्योलमा परिरहेको नगराइन नगरपालिका–७ का वडाध्यक्ष सुर्यनारायण साहले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर