सुरुङभित्र मृ त्यु भएका मृ तकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति — OSNepal

सुरुङभित्र मृ त्यु भएका मृ तकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति

LC (KTM) May 13, 2021 0

सङ्खुवासभा- सङ्खुवासभाको निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको सुरुङभित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ । बुधबार बिहान सुरुङभित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कञ्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का ३७ वर्षीय कृष्ण रानाको मृ त्यु भएको थियो ।

चिचिला गाउँपालिका–३ पुखुवामा बुधबार राति ११ बजे अरुण तेस्रोको निर्माण गरिहेको पटेल इन्जिनियरिङ र पीडितपक्षबीच सहमति भएपछि मृतकको श व आफन्तले जिम्मा लिएका छन् । मृ तक रानाको परिवारलाई निर्माण कम्पनीले काजकिरिया खर्च तत्काल पाँच लाख रुपैयाँ उपलब्ध गराएको मृतकका भाई रामस्वरुप रानाले जानकारी दिनुभयो । जिल्ला अस्पताल खाँदबारीबाट बिहीबार दिउँसो मृ तक कृष्णको शव पोष्टमार्टम पश्चात कञ्चनपुर लगिएको छ । आयोजनास्थलमा सुरक्षाको प्रबन्ध नभएको भन्दै गृहस्थलको निर्माण कार्य बन्द गरिएको भारतीय निर्माण कम्पनी सतलजका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर