चाँगुनारायण यात्रामा उपराष्ट्रपति पुन, गरे पूजाअर्चना — OSNepal

चाँगुनारायण यात्रामा उपराष्ट्रपति पुन, गरे पूजाअर्चना

LC (KTM) January 06, 2023 0

काठमाडौँ-पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभएको छ । प्रत्येक वर्ष पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा तथा माटोको भाँडा फुटाउने जात्रामा आज उपराष्ट्रपति पुन हनुमान ढोका पुग्नुभएको हो ।

जात्राका अवसरमा बोल्दै तारिणी मखन क्लबका अध्यक्ष राजन महर्जनले लिच्छविकालदेखि सुरु भएको जात्रा लोप हुँदै गएकाले यसको संरक्षणका लागि मेला आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार परापूर्वकालमा चाँगुनारायण यात्राका लागि भक्तपुरबाट निस्किएको र हनुमानढोका आएपछि त्यहाँका राजाले देवता हिँड्नुभयो भन्ने ठानेर हाँडी फुटाएर रोकेको किंवदन्ती छ ।मेलामा उपराष्ट्रपति पुनले हनुमान ढोकास्थित तलेजु भवानीको दर्शन एवं प्रसादग्रहण गर्नुका साथै कुमारीको पूजाअर्चना गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर