यसकारण नेकपा एससँग एकता चाहन्छन् यादव — OSNepal

यसकारण नेकपा एससँग एकता चाहन्छन् यादव

LC (KTM) January 08, 2023 0

काठमाडौं, पुस २४। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले १४ वर्षदेखि पार्टीमा महाधिवेशनको सामना गर्नुपरेको छैन ।जबजब महाधिवेशनको कुरा उठ्छ यादवले पार्टी एकीकरण गर्छन् र नाम फेर्छन् । कानुनअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बनेको पार्टीले पाँच वर्षसम्म महाधिवेशन गर्नुपर्दैन ।

स्रोतका अनुसार अहिले पनि अध्यक्ष यादव नेकपा एकीकृत समाजवादी ९नेकपा एस० सँग एकता गरी महाधिवेशनपछि धकेल्न चाहन्छन् ।आजको नागरिक दैनिकमा खबर छ । यतिबेला जसपाम पार्टी महाविधेशन बोलाउन यादवलाई दबाब परेको छ ।तर यादवले महाधिवेशनभन्दा नेकपा एससँग एकीकरणका लागि चासो देखाएका छन् । दुई पार्टी एकीकरण भए पाँच वर्षसम्म महाधिवेशन गर्नु पर्नेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर