निर्देशनमा जम्दै गायक तथा संगीतकार तुला, तुलाको निर्देशनमा तिम्रो मेरो मायाको भिडियो बाहिरियो — OSNepal

निर्देशनमा जम्दै गायक तथा संगीतकार तुला, तुलाको निर्देशनमा तिम्रो मेरो मायाको भिडियो बाहिरियो

LC (KTM) January 08, 2023 0

काठमाडौँ । तिम्रो मेरो मायाको बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गायिका रजनी सुन्दासको समधुर स्वरमा रहेको गीतका शब्द इन्दिरा चोङ्बाङका हुन् । षडज लिम्बूको संगीत रहेको गीतको भिडियोमा कुशल गुरुङ् र नयन गुरुङ्को अभिनय देख्न सकिन्छ ।

भिडियोले एक प्रेमील जोडीकोि रोमाञ्चक प्रेम कहानीलार्य देखाएको छ । आँफुलाई भन्दा बढी माया गर्ने मायालुले आफ्नो प्रेमीको लागि सर्मपण गरेको मायाको भावलाई भिडियोमा कलात्मक शैलीमा निर्देशक तुला पर्बतले देखाएका छन् ।

मकाउका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो गायक तथा संगीतका समेत रहेका निर्देशक तुलाकै सम्पादन रहेको छ । जसमा छायांकन पनि उनले नै गरेका हुन् ।

साधना म्यूजिक इज लाइफ नाकम च्यानलबाट सार्वजनिक गरिउको भिडियोको प्रमुख उत्पादक कुशल गुरुङ ह्न् भने उत्पादक साधना परिवार हो । हेर्नुस् प्रेम र रोमान्सले भरिएको भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर