सगरमाथा क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला — OSNepal

सगरमाथा क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला

LC (KTM) May 13, 2021 0

काठमाडौँ, ३० वैशाख- सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो ।

त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने क्रममा मानव अङ्ग फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । मानव कंकाल हेलिकप्टरमार्फत लुक्ला पु¥याएर इलाका प्रहरी कार्यालयलाई बुझाइएको जानकारी दिइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर