जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म 'ह्यारीकी प्यारी' को ट्रेलर यस्तो बनेर आयो — OSNepal

जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर यस्तो बनेर आयो

LC (KTM) January 08, 2023 0

काठमाडौं – अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ह्यारीकी प्यारी को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पैसाको कारण अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहले विवाह गरेको प्रसंग देखाइएको छ।

फिल्मलाई डाक्टर कपिल रिजालले निर्देशन गरेका हुन् । बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, डिल्लीराम खनाल, रमेश अधिकारीलगायतको अभिनय छ।

कथा निर्देशक रिजाल स्वयंले तयार पारेका हुन् भने पटकथा र संवाद उनीसँगै सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यू निरवीले मिलेर लेखेका हुन् । यसअघि फिल्ममा समावेशी ‘धरहरा’ बोलको गीत सार्वजनिक भइसकेको छ। उक्त गीतमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर