उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव — OSNepal

उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव

LC (KTM) May 13, 2021 0

काठमाडौं -उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनतालाई राहत हुने गरी सङ्घीय सरकारले चालेका कदमलाई कार्यान्वयन गर्ने गरी साथ दिन काठमाडौं उपत्यका मेयर फोरमलाई आग्रह गर्नुभएको छ ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार काठमाडौं मेयर फोरमका पदाधिकारीको बैठकमा कोभिड संकट व्यवस्थापन सञ्चालन केन्द्रका संयोजक पोखरेलले कोरोनाविरुद्वको लडाईंमा जनताको जीवन रक्षामा जुट्न आग्रह गर्नुभयो । राज्यका सबै तहको एकीकृत प्रयास र नागरिकको सकारात्मक सहयोगबाट मात्रै यो लडाईंमा सफलता मिल्ने उहाँले बताउनुभयो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसमेतको सहभागिता रहेको बैठकमा उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, मेयर फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा मेयर फोरमका सचिव समेत रहनुभएका मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको सहभागिता रहेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिनुभयो । मेयर फोरमले उपत्यकाका चार ठाउँमा एकीकृत रुपमा आइसोलेशन केन्द्र संचालन गर्ने प्रस्ताव गरेको छ । यसैगरी, अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्या समाधानका लागि मेयर फोरमले पहलकदमी लिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर