क्यानले माग्यो मुख्य प्रशिक्षक — OSNepal

क्यानले माग्यो मुख्य प्रशिक्षक

LC (KTM) January 08, 2023 0

नेपाल क्रिकेट संघ क्यानले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। क्यानले आईतबार राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको हो ।

इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै जनवरी १४ सम्म दरखास्त दिन सक्ने क्यानले जनाएको छ । मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका थिए ।

त्यसपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो । तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर