विश्वासको मत फकाउन जसपासँग पार्टी एकताको प्रस्ताव अघि सारे प्रधानमन्त्री प्रचण्डले — OSNepal

विश्वासको मत फकाउन जसपासँग पार्टी एकताको प्रस्ताव अघि सारे प्रधानमन्त्री प्रचण्डले

LC (KTM) January 09, 2023 0

काठमाडौं, पुस २५ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत फकाउनका लागि नेकपा एकीकृत समजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव अघि सारेका छन् । संसद्को पहिलो दलबाहेकका सात दलसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिनुअघि नै पार्टी एकताको प्रस्ताव अघि सारेका हुन् ।

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी ९जसपा०अध्यक्ष उपेन्द्र यादवसँग यस्तो प्रस्ताव राखेको नेताहरूले बताएका छन् । प्रचण्डको उक्त प्रस्तावपछि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल र यादव सिंहदरबार पुगेका थिए ।आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रधानमन्त्रीले मंगलबार विश्वासको मत लिने भएपछि उनले बृहत् वामपन्थी एकताको नारा दिएर विश्वासको मत लिने प्रयासमा रहेको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । ‘पार्टी एकता जादुको छडीजस्तो छिनमै हुने कुरा हैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर