सबै दलले विश्वासको मत देलान् ? — OSNepal

सबै दलले विश्वासको मत देलान् ?

LC (KTM) January 09, 2023 0

काठमाडौं, पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । उनी माओवादी केन्द्र, एमालेसहित सात दल र तीन स्वतन्त्र गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् ।आफूलाई समर्थन गरेका सबै सांसदबाट विश्वासको मत पाउने विश्वासमा दाहाल छन् । तर सत्ता गठबन्धनबाहिर रहेका नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सक्ने स्रोतले बताएको छ । यसबारे कांग्रेस र नेकपा एसले कुनै निर्णय गरिसकेका छैनन् ।

राष्ट्रपति र सभामुख पाउने सर्तमा यी दुई दल प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चमा बस्न सक्ने स्रोतको दावी छ । तर राष्ट्रपति र सभामुख एमालेलाई नै दिने माओवादी केन्द्रको निर्णय भए कांग्रेस र नेकपा एसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेछैनन् ।अहिले राष्ट्रिय सहमतीय सरकारको कुरा राष्ट्रपति र सभामुख हात पार्ने खेलअन्तर्गत उठाइएको सत्तापक्षका एक नेताले बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा सार्वजनिक रूपमा राखिसकेका छन् । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता बाबुराम भट्टराईले पनि सामाजिक सञ्जालमा वर्तमान निर्वाचन प्रणाली रहुन्जेल कुनै दलको बहुमत नआउने र देश सधैं अस्थिरतामा फसिरहनेु लेखेका छन् ।यो समाचार नागरिक दैनिकमा छ ।
यसको अर्थ राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने हुन सक्छ। राजनीतिक वृत्तमा पनि कांग्रेसलाई राष्ट्रपति र नेकपा एसलाई सभामुख दिएर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने चर्चा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर