भव्य कार्यक्रमको आयोजना गरेर साधनाले रिलिज गर्यो ‘तिम्रो मेरो मायाको’भिडियो — OSNepal

भव्य कार्यक्रमको आयोजना गरेर साधनाले रिलिज गर्यो ‘तिम्रो मेरो मायाको’भिडियो

LC (KTM) January 09, 2023 0

काठमाडौँ । गीत संगीत र सामाजिक काममा सक्रिय संस्था साधनाले आफ्नो छेटौँ वषर्षिक उत्सब एक कार्यक्रमकाबिच सम्पन्न गरेको छ । आफ्नो वार्षिक उत्सबको अवसरमा साधनाले ‘तिम्रो मेरो मायाको’भिडियो बिमेचन गरेको छ । जसमा गायिका रजनी सुन्दासको स्वर रहेको छ ।

लुकेर बसेको प्रतिभालाई उजागर गर्दै आएको साधनाले गायिका सुन्दासलाई पाँचौ वार्षिक अवसरमा आयोजना गरिएको गायक प्रतियोगीतको बिजेता बनेसँगै सार्वजनिक गीत गाउने अवसर दिएको हो । सार्वजनिक गीतका शब्द इन्दिरा चोङ्बाङका हुन् । षडज लिम्बूको संगीत रहेको गीतको भिडियोमा कुशल गुरुङ र नयन गुरुङको अभिनय देख्न सकिन्छ । मकाउका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो गायक तथा संगीतका समेत रहेका निर्देशक तुला पर्वतले निर्देशन गरेका हुन् ।

सामाजिक काममा सक्रिय संस्था हो साधना

२०१६ सालमा स्थापना भएको सामाजिक क्षेत्रका विषयमा काम गर्दै आएको संस्था हो साधना । साधनाले स्थापनाकालदेखि नै सामाजिक कामहरुमा अग्रसरता दखोइरहेको छ । साधनाले गीतकार तथा संगीतकार सुक गुरुगं बचाउ अभियानलाई अग्रसरताका साथ अगाडी बढाएको थियो ।

गीतकार गुरुगंको छेक्यो छेक्यो देउराली डाँडा, भाईटिकामा भेट्न आउँला, जस्ता कालजइी गीतहरु छन् । साधनाले प्यारालाइसिसबाट ग्रसित डोल्मा तामागं बचाउ अभियान पनि संचालन गरेको थियो । समाजमा आइपर्ने विभिन्न समस्याहरुलाई सम्बोधन गर्दै आएको साधनाको संस्थापक हुन् गायक तथा मोडल कुशल ।

उनै कुशलको अभिनय रहेको ‘तिम्रो मेरो मायाको’भिडियो साधना म्यूजिक इज लाइफ नाकम च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोको प्रमुख उत्पादक कुशल गुरुङ हुन् भने उत्पादक साधना परिवार हो । हेर्नुस् प्रेम र रोमान्सले भरिएको यो रमाइलो भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर