'खोइ, कहाँ छन् विश्वविजेता ?' भन्दै नेइमारले मेस्सीलाई जिस्काएपछि... — OSNepal

‘खोइ, कहाँ छन् विश्वविजेता ?’ भन्दै नेइमारले मेस्सीलाई जिस्काएपछि…

LC (KTM) January 09, 2023 0

एजेन्सी । बार्सिलोनामा सँगै फुटबल खेलेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सी र ब्राजिलियन स्टार नेयमार जुनियरबीचको सम्बन्ध अहिले पीएसजीसम्म पनि उस्तै घनिष्ठ छ । लामो समयदेखिको यी दुईको टिममेट अहिलेसम्म जारी छ ।

विश्वकपको उपाधि उचालेर अर्जेन्टिनामा लामो बिदा मनाएर बुधबार मेस्सी पीएसजी फर्किदा उनको सम्मानमा आयोजना गरिएको भव्य कार्यक्रमको आयोजना गर्दाको एउटा भिडियो अहिले भाइरल बनिरहेको छ ।

भिडियोमा नेयमारले निकै खुशी हुँदै मेस्सीको स्वागतमा उनलाई प्रेमले लात्तीले हिर्काएको भिडियो पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।

उक्त भिडियोमा नेयमार र मेस्सीबीचको प्रगाढ सम्बन्ध देखिएको चर्चा भइरहेको छ। जहाँ उनीहरु अगाडी बढ्दै गर्दा नेयमारले ुखोइ, कहाँ छन् विश्वविजेतारुु भनेको सुनिन्छ ।

नेयमारले यसरी मेस्सीप्रति देखाएको प्रेम र सम्मानलाई लिएर यतिबेला सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले राम्रो प्रतिक्रिया ब्यक्त गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर