उपचारमा ढिलो हुँदा तीन वर्षीय बालकको मृ त्यु भएको भन्दै अस्पतालमा तोडफोड,श व अस्पतालमै — OSNepal

उपचारमा ढिलो हुँदा तीन वर्षीय बालकको मृ त्यु भएको भन्दै अस्पतालमा तोडफोड,श व अस्पतालमै

LC (KTM) May 13, 2021 0

सोलुखुम्बु, ३० वैशाख- उपचारका क्रममा तीन वर्षीय बालकको मृत्युपछि जिल्ला अस्पताल फाप्लुमा तोडफोड भएको छ । सोलुदुधकुण्ड नगरपालिका–४ सुर्केका ङिमानुरु शेर्पाको उपचार ढिला हुँदा ज्या न गएको भन्दै आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेका हुन् । तोडफोडमा उत्रेका मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । पखला लागेका बिरामी शेर्पालाई उपचारका लागि बुधबार फाप्लु अस्पताल ल्याइएकामा चिकित्सकले राम्रो जाँच नगरी औषधि लेखर तत्काल घर पठाएको आफन्तको गुनासो छ ।

बिरामीको अवस्था बिग्रदै गएपछि आज बिहान पुनः अस्पताल लाँदा पनि समयमा नै उपचार नगरिएको आफन्तको दावी छ । अस्पतालले लेखिदिएको औषधि लिन दोर्पुसम्म पुग्दा ढिला भएको मृ तक बालकका बुबा दावा गेलु शेर्पाले बताउँनुभयो । जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख शानी शेर्पाले भने बुधबार अस्पतालले दिएको औषधि सेवन नगर्दा अवस्था जटिल बनेको बताउनुभयो । औषधीको सट्टा फ्रुटीलगायतका खानेकुरा खुवाउनका साथै अवस्था जटिल भएपछि तत्काल अस्पताल नआउँदा बालकको मृ त्यु भएको अस्पतालको दावी छ । आफन्तले बालकको श व नबुझेपछि अस्पतालमै राखिएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर