‘तितो सत्य’का राज आचार्यको सक्किगोनी’की ‘मुन्नीसँग रोमान्स (भिडियो) — OSNepal

‘तितो सत्य’का राज आचार्यको सक्किगोनी’की ‘मुन्नीसँग रोमान्स (भिडियो)

LC (KTM) May 13, 2021 0

काठमाडौं- गायक तथा मोडल निरायु गौतमको गीत ‘मायाको पानामा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा निरायु र गायिका एलिना चौहानको स्वर रहेको छ । ओम सुनारको संगीत र एरेञ्ज रहेको यस गीतलाई गायक गौतमले नै लेखेका हुन् ।

भिडियोमा टेलिफिल्म ‘तितो सत्य’मा बाल कलाकारका रुपमा अभिनय गरेर चर्चामा आएका राज आचार्य र ‘भद्रगोल’ तथा ‘सक्किगोनी’मा ‘मुन्नी’को भूमिकामा अभिनय गर्ने प्रियना आचार्य र गायक निरायु गौतम फिचर्ड छन् ।भिडियोमा रुक्मिला अधिकारी९रुक्स०, निशु आइडु, दिवाकर भण्डारी र सबिना आचार्यको पनि अभिनय छ ।

पर्वतको कुश्मा, बागलुङलगायतका सुन्दर स्थानमा छायांकन गरिएको गीतको भिडियोलाई कलाकार गणेश गिरिले निर्देशन गरेका हुन्।भिडियोमा रामेश्वर हुमागाईंको छायांकन, विकास ज्ञवाली सम्पादन छ । गायक निरायुले यसअघि गायिका रचना रिमालसँग मिलेर ‘तिमीलाई देखेपछि’ बोलको गीत सार्वजनिक गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर