संसदमा जनताको आवाज बल्ल प्रतिध्वनि भयो : शरदसिंह भण्डारी — OSNepal

संसदमा जनताको आवाज बल्ल प्रतिध्वनि भयो : शरदसिंह भण्डारी

LC (KTM) January 09, 2023 0

काठमाडौं, २५ पुस । लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारीले संसदमा बल्ल जनताको आवाज प्रतिध्वनि भएको बताएका छन् ।

उनले सोमबार (आज)बाट सुरु भएको प्रतिनिधिसभाकाे बैठकमा यसपटक भने जनताको आवाज प्रतिध्वनि भएको बताएका हुन् । यसरी संसदमा जनताको आवाज प्रतिध्वनि भएमा जनताको आक्रोश सडकमा नपोखिने उनको भनाइ छ ।

सबै दलहरूलाई एक स्थानमा उभिएर समस्या समाधान गर्न जनताले मत दिएको बताउँदै उनले संविधानले प्रत्याभूत गरेअनुसार काम गर्नुपर्ने बताए । अन्यथा नयाँ दल र युवालाई समेत जनताले विश्वास गर्न सक्ने अवस्था पनि नरहने बताए ।

भ्रष्टाचार अन्त्यका लागि आफ्नो पार्टीले सहयोग गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर