प्रदेशको नाम उच्च प्राथमिकतामा, माओवादी पनि सरकारमा आउँछ : मुख्यमन्त्री कार्की — OSNepal

प्रदेशको नाम उच्च प्राथमिकतामा, माओवादी पनि सरकारमा आउँछ : मुख्यमन्त्री कार्की

LC (KTM) January 09, 2023 0

विराटनगर, २५ पुस;प्रदेश १ मा नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण उच्च प्राथमिकतामा रहेको बताएका छन् । सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेशको नामाकरणलाई सरकारले गम्भीर रुपमा लिएका बताएका हुन् ।

उनले प्रदेश सरकारमाथि जनताले आलोचना गरिरहेको बेला प्रदेश सरकारको औचित्य हुनेगरी जनतालाई छुने काम गर्ने बताए । माओवादी केन्द्रले सरकारमा नजाने गरी गरेको निर्णयमाथि पनि छलफल हुने बताए ।

उनले भने, ‘केही दिनमा बसेर समस्या समाधान गछौं ।’ साथै विना विभागिय मन्त्रिपरिषद् विस्तार गरेको विषयमा एक दुई दिन भित्रका तीनै जना मन्त्रीलाई जिम्मेवारी दिने मुख्यमन्त्री कार्कीले प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर