गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ — OSNepal

गण्डकीका मुख्यमन्त्री अधिकारीले लिए शपथ

LC (KTM) January 09, 2023 0

पोखरा, २५ पुस:गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आजै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

अधिकारीलाई ३३ सांसदको समर्थन छ । मुख्यमन्त्री अधिकारीले आजै ३ मन्त्रीलाई नियुक्त गरेका छन् । माओवादीका हरिबहादुर चुमान, एमालेकी सीताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुङले पनि शपथ लिएका छन् ।

उनीहरु सबैलाई विना विभागीय मन्त्रीको शपथ गराइएको हो । आजै मुख्यमन्त्री र मन्त्रीहरुले पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर