बलिउडका दिग्गज अभिनेता दीलिप कुमार लाई आईसीयु बाट बाहिर निकालियो — OSNepal

बलिउडका दिग्गज अभिनेता दीलिप कुमार लाई आईसीयु बाट बाहिर निकालियो

LC (KTM) July 05, 2021 0

पटक पटक बिरामी हुदै आएका बलिउडका दिग्गज अभिनेता दीलिप कुमारको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । मुम्बईस्थित हिन्दुजा अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ। एक्कासी स्वासप्रश्वासमा समस्या देखिएपछि ९८ वर्षिय उनलाई जेठ १४ गते अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई अहिले अस्पतालको आईसीयु बाट बाहिर झिकिएको उनकी श्रीमती साइरा बानुले जानकारी दिईन् । उनको अहिले सघन कक्षको सहायता बिना उपचार भइरहेको छ । जुन महिनामा उनी दुई पटक अस्पताल भर्ना भएका हुन्।

पहिलोपटक ६ जुनमा अस्पताल भर्ना भएका उनको फोक्सोको पानी बाहिर निकालिएको थियो। डिस्चार्ज भएको ५ दिनपछि उनी फेरि अस्पताल भर्ना भएका हुन्। बलिउडकै अर्का दिग्गज अभिनेता नसुरद्धिन शाह पनि केही दिन अघि बिरामी भएर अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर