चितवनको अमलटारीमा गैँडा मृत फेला, बूढो भएर मरेको अनुमान — OSNepal

चितवनको अमलटारीमा गैँडा मृत फेला, बूढो भएर मरेको अनुमान

LC (KTM) January 09, 2023 0

चितवन, २४ पुस – चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा एक गैँडा मृत फेला परेको छ । कुजौली रेन्जपोष्ट नजिक पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

उनका अनुसार अन्दाजी १८ वर्षको गैँडा मृतावस्थामा भेटिएको हो । गैँडा बूढो भएर मरेको हुनसक्ने उनले बताए । चालु आर्थिक वर्षमा सातवटा गैँडा मरेको निकुञ्जले जनाएको छ ।

पनि पढ्नुहोस : वीरगञ्जबाट एक जना हुण्डी कारोबारी पक्राउ – हुण्डी कारोबार गरेको आरोपमा वीरगञ्ज प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज–१७ अलौ बस्ने १९ बर्षिय राजन कुमार साहलाई १२ लाख २० हजार रकमसहित पक्राउ गरेको हो ।

वीरगञ्ज–२५ सिर्सिया स्थित सडक खण्डमा बीआर ०५ ए ई ३५५६ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका साहले लगाएको हेल्मेटभित्रबाट स्रोत नखुलेको १२ लाख २० हजार रुपैयाँ बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर