कर्णाली प्रदेशः सभामुखको चयन माघ १ मा — OSNepal

कर्णाली प्रदेशः सभामुखको चयन माघ १ मा

LC (KTM) January 10, 2023 0

कर्णाली -कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ ।कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका लागि तोक्नुभएको हो । उहाँले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोक्नुभएको हो ।

चुनावको मिति तोकेसँगै प्रदेशसभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुआत गर्ने र माघ १ गते बिहान ११ः०० सभाको बैठक प्रारम्भ, मतविभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर