अपाङ्गता भएकी नाबालिकालाई जबरजस्ती गरेको आरोप लागेपछि फरार रहेका ७१ वर्षीय तारानाथ समातिए — OSNepal

अपाङ्गता भएकी नाबालिकालाई जबरजस्ती गरेको आरोप लागेपछि फरार रहेका ७१ वर्षीय तारानाथ समातिए

LC (KTM) January 10, 2023 0

पोखरा -अपाङ्ग नाबालिकाको जबरजस्ती करणी मुद्दामा फरार रहेका ७१ वर्षीय तारानाथ तिवारी पक्राउ परेका छन् । उनी पोखरा महानगरपालिका९२८ माझठानास्थित आफ्नै घरबाट पक्राउ परेका हुन् ।

२०७६ मा तिवारी अपाङ्गता भएकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका उनी त्यस समय करणीको अरोपमा जिल्ला अदालत कास्कीमा पेस गरेपनि प्रमाण नपुगे पछि २०७७ असोज २७ गते जिल्ला अदालत कास्कीले उनलाई सफाइ दिएको थियो।

पछि यो मुद्दा उच्च अदालतमा पुनरावेदन गरिएको थियो पुनरावेदनले गत वैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति सहितको सजाय तोकेसँगै उनी फरार रहेका थिए । फराररहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनकै घरबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर