जाडोमा आमाले यी बालकलाई नुहाउन भनेपछि बालकले घरमा नै प्रहरी बोलाए — OSNepal

जाडोमा आमाले यी बालकलाई नुहाउन भनेपछि बालकले घरमा नै प्रहरी बोलाए

LC (KTM) January 11, 2023 0

काठमाडौं । पुस र माघमा नुहाउन भनेपछि जो कोहीलाई गाह्रो हुन्छ । अझै बच्चाबच्चीलाई नुहाउन त महाभारत नै हुन्छ । यस्तो रमाइलो घटना घटेको छ
भारतको उत्तर प्रदेशको हापुड जिल्लाको एउटा गाउँमा । जहाँका एक नौ वर्षीय बालकले ११२ मा फोन गरेर प्रहरीलाई खबर घरमा बोलाए ।

तर जब प्रहरीले ति बालकलाई आमाले नुहाउन भनेपछि रिसाएर फोन गरेको रहस्य थाहा पाए प्रहरीले समेत हाँसो छेक्न सकेनन् । आमाले उनलाई यति चिसोमा नुहाउन भनेपछि रिसाएका बालकले इमर्जेन्सी कल गरेपछि बालकको घर पुगेको प्रहरीले पनि सबै घटना थाहा पाएपछि आफ्नो हाँसो थाम्न सकेनन् ।

पहिले आमाबुवाले बालकलाई उनले चाहेको स्टाइलमा कपाल काट्न दिएका थिएनन् । त्यसमाथि अहिले यो चिसोमा नुहाउन भनेपछि त बालकको रिसले पारो तात्यो अनि बालकले रिसाएर प्रहरीलाई फोन गरेर घरमा नै बोलाउपछि बालकको घर पुगेको प्रहरीले बच्चालाई राम्ररी बुझाए र नुहाउँदा शरीर स्वस्थ रहने भनेर सम्झाई बुझाई गरेर फर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर