जस्तापाताको प्रयोग बढेपछि सङ्कटमा ढुङ्गाखानी — OSNepal

जस्तापाताको प्रयोग बढेपछि सङ्कटमा ढुङ्गाखानी

LC (KTM) January 12, 2023 0

बागलुङ जिल्लाको जैमिनी नगरापलिका–७ जैदीस्थित हर्दियाको ढुङ्गाखानीमा परम्परागत तरिकाले निकालिएको घर छाउन प्रयोग गरिने ढुङ्गा देखाउँदै स्थानीय हिमबहादुर श्रीस । घरछाउनका लागि जस्तापाताको प्रयोग बढेपछि यहाँको परम्परागत ढुङ्गाखानी सङ्कटमा परेको छ ।

यो पनि : थाहा पाउनुहोस् आजको मौसम:हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईमा हुस्सु लागेको अवस्था छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको प्रक्षेपण छ ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको आकलन गरिएको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर