अष्ट्रेलियामा भव्यताका साथ अन्तर्राष्ट्रिय नेपाली दिवश मनाइयो, नेपाली पहिचान र सबल देश हुनुमा गर्व — OSNepal

अष्ट्रेलियामा भव्यताका साथ अन्तर्राष्ट्रिय नेपाली दिवश मनाइयो, नेपाली पहिचान र सबल देश हुनुमा गर्व

LC (KTM) January 12, 2023 0

पृथ्वी जयन्तिको अवसर पारेर अष्ट्रेलियाकानेपालीहरूले ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’ मनाएकाछन्। अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, एडिलेड, ब्रिजबेन लगायत सबै राज्यका प्रमुख शहरमा नेपालीसमुदायले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा कार्यक्रम गरे। सिड्नीमा आयोजित कार्यक्रममा नेपाल तथाअष्ट्रेलियाका नेपाली समुदायका बौध्दिकहरूकोसंगोष्ठि सहितको माल्यार्पण कार्यक्रमको आयोजनागरिएको थियो। पण्डित प्रकाश ढोडारीलेस्वस्तिवाचनबाट सुरु भएको कार्यक्रममा नेपालबाटपत्रकार युवराज घिमिरेले नेपाल एकीकरणको पृथ्वीनारायण शाहको योगदानलाई धुमिलबनाउनका लागि मिसनरीहरूले उनीहरूको अनुकुलनेपालको ईतिहासको व्याख्या गर्ने अनुसन्धानगराईरहेको बताउनु भयो। ‘यतो खेर नेपामादिव्योपदेश नक्कली हो भन्ने समेत स्थापना गर्ने कामभईरहेको छ। अनुसन्धान हुनु राम्रो हो, तर अनुसन्धानगर्नेहरूलाई कसले ‘फण्ड’ गरिरहेको छ भन्ने पनिहेरिनु पर्छ’ घिमिरेले भन्नुभयो।

उहाँले नेपालकोआन्तरिक मामलामा भारतले राजा फाल्ने षडयन्त्रकालागी आफैले आतंकवादी घोषणा गरेकोमाओवादीलाई अगाडी बढाएपछीको २०६३ कोपरिवर्तनपछी राष्ट्रिय एकता दिवश किन हटाईयोभन्ने कुरा महत्वको भएको उल्लेख गर्नुभयो।पृथ्वीनारायण शाह माथिको आक्रमणले विदेशीशक्ति र तिनका आडमा नेपालमा उदाएकाराजनीतिक, बौध्दिक तप्का नेपालको एकता र राष्ट्रवादी शक्ति राष्ट्रिय हितको पक्षमा काम गर्दैआएको शक्तिलाई निष्तेज गर्न चाहन्छन् भन्नेदेखिन्छ। पत्रकार घिमिरेले नेपाल विश्वकै प्राचिनमुलुक भएको तथ्यलाई धमिल्याउँदै २०६३ पछिनेपालको अस्तित्व हामीले जोगाएका हौं भन्नेखालको भाष्य स्थापना गर्ने कुप्रयास प्रति विदेशमारहने नेपालीहरु सचेत हुनुपर्ने बताउनु भयो। व्यवसायी तथा अष्ट्रेलियाको नेपाली समुदायकाअगुवा मेघराज श्रेष्ठले समुच्चमा देश रहे मात्र हामीनेपाली रहने भएकाले नेपालीको पहिचान मेटिने गरेरनचाहिने विवाद झिक्नु अवान्छित रहेको बताउनुभयो। हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जनाबस्नेतले पृथ्वीनारायण शाहको एकीकरणकोनतिजाको रूपमा गोर्खाली र नेपाली भनेर पहिचान र एउटा सबल देश पाएकोमा नेपालीहरूले गर्व गर्नुपर्नेबताउनु भयो।

अष्ट्रेलियाका प्रकाण्ड नेपाली पण्डित प्रकाशढोडारीले सबै नेपालीले श्रद्धा र गर्वको विषयकारूपमा नेपालको राष्ट्रिय एकतालाई लिनु पर्ने बताउनुभयो। युवा ज्योतिष एवं पण्डित बालचन्द्रअधिकारीले विश्वका अरू देश र तिनकाराष्ट्रनिर्माणको तुलना गर्दै पृथ्वीनारायण शाहकोएकीकरणले हरेक धर्म, संस्कार, समुदाय सबैकोपहिचान सहित हामीलाई नेपाली भनेर गर्व गर्नेबनाएको बताउनु भयो। अष्ट्रेलियाका युवा अभियन्ता तथा व्यवसायी दिपकपौडेलले नेपाल निर्माताका बारेमा वर्तमानमा जुनबादविवाद निकाल्न खोजिएको छ त्यो आवश्यकछैन। हामीले सन्तानलाई भविष्यमा नेपाल चिनाउँदास्वत: पृथ्विनारायण शाहले नेपाल बनाएको प्रसंगआउने भएकाले पृथ्वीनारायण शाह र नेपाल प्रति गर्वगर्दै यसको गरिमा बढाउनु आवश्यक रहेको उल्लेखगर्नुभयो। कार्यक्रममा एनआरएन अभियन्ता तथानेपाली समुदायका युवा नेता डिला खरेलले नेपालीभएर विश्वको कुनै पनि कुनामा शीर उठाएर हिँड्नेअवस्था हामी र आउने पुस्तालाई समेत मिल्नु नैसबैभन्दा महत्वको विषय रहेको उल्लेख गर्नुभयो।

अष्ट्रेलियामा नै हुर्केकी नेपाली दोश्रो पुस्ताकीस्वीकृति सिवाकोटीले दशैं तिहार भव्य मनाईन्छ तर ईतिहास र नेपालको महत्व जनाउने दिवशहरू किनभव्य हुँदैन भनेर प्रश्न गर्नुभयो। उहाँले पृथ्वीनारायणशाह र नेपालका राजाहरूको योगदान सँधै स्मरणरहिरहनुपर्नेमा जोड दिनुभयो। पृथ्वी नारायण शाहको एकीकरण अभियानकै कारणविश्वमा नेपाली पहिचान बनेको र विश्वमा नेपालीभनेर चिनिन पाएको कारण पृथ्वी जयन्तिको दिनलाई‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाउने गरेकोराष्ट्रिय समारोह आयोजक कमिटीका मदनमणिअधिकारी ले जानकारी दिनु भएको थियो ।

 

क्यानबेरामा सांगीतिक प्रस्तुतीका साथ पृथ्वीजयन्ती

अष्ट्रेलियाको राजधानी शहर क्यानबेरामा बस्नेनेपालीहरूले सांगीतिक प्रस्तुती सहित पृथ्वीनारायणशाह र नेपाल एकीकरणको स्मरण गरे। पृथ्वी नारायण शाहको जन्मदिवश मात्र नभएरउहाँको ‘दिव्योपदेश’को सन्देशलाई आगामी पुस्तापुस्ता सम्म पुरयाउनका लागी हरेक वर्ष यसरी नै पृथ्वी जयन्ती मनाउन जरूरी रहेको आदर्शजंगपाण्डेले बताउनु भयो। उहाँले शान्तिका लागी बुध्दप्रतिक भएजस्तै पृथ्वीनारायण शाह नेपालको विविधतामा एकताको प्रतिक रहेको उल्लेखगर्नुभयो। कार्यक्रममा क्यानबेराका डा. कृष्ण हमाल, अशोक बस्नेत, सन्तोष मल्ल, राजन ढुंगेल, चुडामणि सापकोटा, यादव कोईराला लगायतका सामुदायिकनेताहरूको सहभागिता थियो। क्यानबेरामापृथ्वीजयन्ती मनाउनका लागी प्रेम थापाकोसंयोजकत्वमा समिती गठन भएको थियो। हरेक वर्षअष्ट्रेलियाका नेपालीले पुष २७ लाई नेपालीदिवशको रुपमा मनाउने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर