एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण — OSNepal

एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण

LC (KTM) January 12, 2023 0

ललितपुर, २८ पुस । गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनले खाेकना आराेग्य आश्रमका ज्येष्ठ नागरिक र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे छ।

दक्षिणकाली २ खाेकानामा रहेकाे नेपाल कुष्ठराेग निवारण संघबाट सञ्चालित खाेकना आराेग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठराेगी विरामी र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे हाे।

ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण गर्दै एनआरएनए चीनका उपाध्यक्ष निर्मल चाैलागाईंले एनआरएनए चीनले नेपाल र नेपालीकाे लागि विपत्तिदेखि सामाजिक सेवा र जनसचेतना कार्यक्रम गर्दै आएकाे र त्यसलाई निरन्तर जारी राख्दै जाने बताए ।

एनआरएनए चीनले खाेकना आराेग्य आश्रमका ज्येष्ठ नागरिकहरुलाई न्यानाे कपडा वितरण कार्यक्रममा उपाध्यक्ष निर्मल चौलागाईं, महासचिव यादव अर्याल, सह-कोषाध्यक्ष रवीन्द्र माली, युवा संयोजक सुवर्ण श्रेष्ठ (कार्यक्रम संयोजक) र कार्य समिति सदस्य तुलसी न्यौपाने,विजय पराजुली , युवराज थापा, दिपक अग्रवाललगायतका सहभागी थिए ।

नेपाली संघ चीनले ‘वान एनसीसी वान प्रोजेक्ट’अन्तर्गत ‘महिनावारी स्वच्छता सचेतना अभियान’ देशभरका विभिन्न स्थानका विद्यालयका विद्यार्थीहरुलाई महिनावारी सचेतना कार्यक्रम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर