सन्दीप लामिछानेले पीडित किशोरीसँग सम्पर्क गरे फेरि थुनामा पठाइने — OSNepal

सन्दीप लामिछानेले पीडित किशोरीसँग सम्पर्क गरे फेरि थुनामा पठाइने

LC (KTM) January 12, 2023 0

काठमाडौं -उच्च अदालतले पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई पीडितसँग सम्पर्क नगर्न आदे‍श दिएको छ।अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले दिएको जानकारी अनुसार यदि उनले पीडित नाबालिगलाई सम्पर्क गरेमा फेरि थुनामा पठाइने छ ।

बिहीबार अदालतका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। , उनलाई काठमाडौ‌ं उपत्यका पनि नछाड्न भनेको छ। यदि काठमाडौं छाड्न परेमा ल्ला प्रशासन कार्यालयसँग अनुमति माग्नुपर्ने छ । त्यस्तै उनी विदेश पनि जान पाउने छैनन् ।

अदालतले सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिए पनि उनी भोलिमात्रै छुट्‍न लागेका हुन्। यसअघि बलात्कार आरोपित क्रिकेटर लामिछानेबाट पीडित किशोरीको जन्म सम्बन्धी प्रमाण झिकाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।

पुस १२ गते मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको छ ।लामिछानेमाथि नाबालिग ९१८ वर्षमुनि० लाई बलात्कार गरेको आरोप छ । तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।
उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो ।असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर