फेसन एक्स्पोमा स्वस्तिमा — OSNepal

फेसन एक्स्पोमा स्वस्तिमा

LC (KTM) January 13, 2023 0

काठमाडौं । नेपाल जेम एण्ड ज्वेलरी एसोसिएसनले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘फेशन रनवे एक्स्पो’ मा भाग लिँदै अभिनेत्री स्वस्तिमा खड्का । रासस

यो पनि पढ्नुहोस – हरियो छड्के तिलहरी लगाएर र्‍याम्पमा हिँड्दा झनै सुन्दर देखिइन् मलाइका : काठमाडौं, पुस २८ । भारतीय नायिका मलाइका अरोरा बिहिबार नेपाल आइन् ।

काठमाडौँ उत्रिए लगत्तै याक एन्ड यतीमा भएको फेसन शोमा बलिउड अभिनेत्री मलाइका अरोरा छड्के तिलहरी लगाएर र्‍याम्पमा हिँडिन् । जुन तस्विरहरु अहिले सामाजिक संजालमा निकै भाइरल बनिरहेका छन् ।

जेम एन्ड ज्वेलरी एक्स्पोको चौथो संस्करणमा सहभागी भएकी उनले नेपाल आउन पाउँदा आफूलाई खुसी लागेको बताइन्। आफू छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन्।

र्‍याम्पमा उत्रिँदा सुन्दरी मलाईकाले नेपाली डिजाइनरका पोशाक र गरगहना लगाइन् । घिउ रङको लेहेंगा सेटमा उनी हरियो छड्के तिलहरी लगाएर र्‍याम्पमा हिँड्दा झनै सुन्दरी देखिएकी थिइन् ।

मलाइकासँगै र्याम्पमा स्वस्तिमा खड्का लगायतका मोडलहरुले पनि र्‍याम्पमा हिँडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर