नापोलीले युभेन्ट्सलाई आच्छु आच्छु पार्दै फराकिलो गोल अन्तरले हरायो — OSNepal

नापोलीले युभेन्ट्सलाई आच्छु आच्छु पार्दै फराकिलो गोल अन्तरले हरायो

LC (KTM) January 14, 2023 0

काठमाडौं । इटालियन सिरी ए फुटबलमा नापोलीले युभेन्ट्सलाई हराएको छ । क्रबार राति भएको खेलमा नापोलीले युभेन्ट्सलाई ५–१ को फराकिलो गोल अन्तरले हराएको हो । खेलको १४ औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा केभिचा कोभारास्केलियाले गोल गर्दै नापोलीको अग्रता दोब्बर बनाए । ४२ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै युभेन्ट्सलाई २–१ को स्थितिमा ल्याए । ५५ औं मिनेटमा अमिर रहमानीले गोल गर्दै नापोलीलाई ३–१ को अग्रता दिलाए ।

६५ औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई ४–१ को अग्रता दिलाए । त्यसपछि ७२ औं मिनेटमा इलिफ इल्मासले गोल गर्दै नापोलीलाई ५–१ को जित दिलाए । नापोलीले १८ खेलमा ४७ अंक जोडेको छ । एसी मिलान १७ खेलमा ३७ अंकसहित दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर