लिभरपुललाई ब्राइटनले खाता नै खोल्न नदिइ निकाल्यो सानदार जीत — OSNepal

लिभरपुललाई ब्राइटनले खाता नै खोल्न नदिइ निकाल्यो सानदार जीत

LC (KTM) January 15, 2023 0

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराती भएको खेलमा लिभरपुललाई ब्राइटनले ३- ० गोल अन्तरले हराएको हो ।

खेलको ४६ औं मिनेटमा सोली मार्चले दुई गोल गरे ५३ औं मिनेटमा मार्चले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राइटनलाई २-० को अग्रता दिलाए ।त्यसपछि खेलको ८१ औं मिनेटमा वेल्बेकले गोल गर्दै ब्राइटनलाई ३-० को जित दिलाए ।

जितसँगै ब्राइटन १८ खेलमा ३० अंक जोडेर तालिकाको सातौं स्थानमा छ । पराजित लिभरपुल १८ खेलमा २८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर