बाबुराम भट्टराईले भने 'ओली पुन: चतुर सावित भए, तर जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ’ — OSNepal

बाबुराम भट्टराईले भने ‘ओली पुन: चतुर सावित भए, तर जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ’

LC (KTM) May 13, 2021 0

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री ओली पुनस् चतुर सावित भएको बताएका छन् । सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उनले यस्तो बताएका हुन् । प्रधामन्त्रीबाट ओली पदमुक्त भएपछि बहुमतको सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयमा विपक्षी दल सरकार गठन गर्ने बहुमत जुटाउन असफल भएपछि ओलीले यस्तो बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन् । ‘सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन् । अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्छ’नतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर