• २०७८ असार ६ आइतबार

ताजा अपडेट

धेरै पढिएको

हराएकी प्रेमिका

हराएकी प्रेमिका


  • ओएसनेपाल
  • बैशाख ३० २०७८, बिहिबार
  • ४:२८ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < 0 मिनेट
  • 47.2K
    SHARES

    मन नमानि नमानि अफिसतिर लागे, जिन्दगी नै अन्धकार तर्फ धकेलिएको महशुस गरिरहेको थिए। बाटोमा सबै सुनसान थिए।कार्य क्षेत्र नजिकै भएर बन्दाबन्दि भए पनि जानलाई गाह्रो थिएन । अस्तिको दिन सम्म काठमाडौ सुनसान भए ता पनिउनको र मेरो बार्तलापले लाग्थ्यो हामी बन्दाबन्दि भन्दा पनि छुट्टै दुनियाँको ससारमा रमाइरहेका छौ। तर हिजोआजका दिन प्रत्यक पल यति अशान्ति भएका छन् कि मनमा चिसो झस्का पस्छ। ऋनि दिमागमा खेल्न थाल्छन् तथानाम कुराहरु सिर्फ उनकै बारेमा। आज पनि यस्तै कुरा मनमा खेलाउदै अफिस तिर लागे।

    अफिस पुगेर हाजिर गरे। अनि आफ्नो कार्य कक्षा तर्फ लागे, काममा कुनै जोश छैन जागर छैन कुनै उत्साह छैन केबल छ त उनको याद मात्र । उनको यादले न त कुनै काम राम्रो सङ्ग गर्न सकेको थिए न त कुनै कुरामा ध्यान एकीकृत गर्न नै सकेको थिए। अघिपछि मन्त्रालयमा कामको चापले अत्यधिक भिडभाड हुने गर्दथ्थो भने हिजोआज बन्दाबन्दिको कारणले मन्त्रालय पूरा शान्त भएको छ। सधै झै सुनिने ती बेकार लाग्दा प्रश्नहरु त सुन्नै पर्दैनथ्थो । अफिस बसेर केही काम गर्दै फेरि उनको यादमा टोलाउन थाले। समय गएको पत्तै छैन केवल याद छ त उनले गरेकोे मिठो मिठो बातहरु अनि फकाएका वाणिहरु। यसरी टोलाएको देखेर शाखा अधिकृत सरले देख्नु भएछ।
    बिष्णु जि? हेल्लो बिष्णु जि? म झल्यास्स भए ।
    शाखा अधिकृत सरः कता टोलाउनु भएको बिष्णु जि?
    मः होइन सर कहाँ टोलाउनु छ र सर।
    शाखा अधिकृत सरः कता टोलाउनु भयो के मा टोहोलाउनु भयो त्यो त तपाईंको मुहारले प्रष्ट बताइरहेको छ नि?
    भन्नस बरु के भयो ।
    मैले वास्तविकता खुलाउन चाहिन , बरु निहु पारेर उसलाई मन्त्रालयमा नै भेट्न जान्छु भनेर बहाना बनाउदै भने।
    मः सर अलि अलि टाउको दुखेको र शरीर अलि दुखिरहेको छ ।कोभिड हो कि जस्तो नि लाग्छ सर
    शाखा अधिकृत सरः चेकअप गर्नु भयो त?
    मः छैन सर बरु म आज अलि छिटो निस्केर चेकअपका लागि जान्छु नि सर?
    शाखा अधिकृत सरः हुन्छ हुन्छ जानुस ।
    मः सर म जाउ त
    शाखा अधिकृत सरः हुन्छ जानुस अनि रिपोर्ट के आउछ जानकारी गराउनुस ।
    हस भनेर म लागे। मनमा केही भए पनि आशा जागेर आयो अब त उनलाई भेट्छु भन्ने। अफिसबाट हाजिर गरेर निस्किए माइतिघर अगाडि र लागे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मन केही खुसिले फुरुङ्ग भएको थियो , मनमा एउटै मात्रै प्रश्न घुमिरहेको थियो किन मलाई विर्सदै छिन अनि कारण के हो ?
    मन्त्रालय पुगेर विशेष काम ले भनेर कार्ड देखाएर सिधै सोधपुछ शाखामा गए। सोधपुछ शाखामा एक जना म्याडम हुनुहुदोरहेछ।
    मः नमस्कार म्याम त्यस पछि आफ्नो परिचय दिए।
    म्यामः नमस्कार सर , के काम थियो सर?
    मः मैले सोधे रिमा म्याम कहाँ हुनुहुन्छ ?
    म्यामः रिमा के सर?
    मः रिमा पौडेल
    म्यामः सर उहाँ त हाजिर नभएको आजसम्म ४ दिन भइसक्यो ?
    मः किन र म्याम कुनै कारण त होला नि?
    म्यामः कुनै कारण त छैन , छुट्टि पनि लिनु भएको छैन ।
    जुन आशाका साथ अफिसमा अधिकृत सरलाई बहाना बनाएर उत्साहका साथ आएको थिए त्यो नि खेर गयो ।
    मः धन्यवाद म्याम
    म्यामः केही काम थियो कि सर?
    भने साथी हो आज भेटम कि भनेर मात्रै ।
    निराशाजनक मुन्द्रामा म त्यहा बाट निस्किए।
    जब मैले जागिर खान सुरु गरे त्यही समय बाट हो उनलाई चिनेको । अनि केहि समय अघि मात्र मेरो जीवनमा आएकि हुन । केटासँग नजिक हुन् र जवानी लुट्न उनले यि सब नाटक गरेकि त छैन् । मनमा अनेक कुराहरु खेल्न थाले। त्यो खुसी र उमङ्गको आयु यति छोटो भयो कि हामी बिच नाता जोडिएको केही समयमा नै उनी बेपत्ता भइन। उनी फेसबुकमा एक्टिभ थिईनन् । मैले उनलाई हरेक दिन जसो अफलाइन म्यासेज छोडिरहेँ ।

    उनको जवाफको प्रतिक्षामा राति अबेरसम्म अनलाइन बस्थेँ । तर अहँ, उनले जवाफ दिन त परै जाओस्, मेरो म्यासेस सम्म हेरेकी हुन्नथीन। उसको जवाफको प्रतिक्षासँगै आँखाहरु निदाउँथे अनि बिउँझन्थे पनि । सेकेण्डहरु मिनेटमा, मिनेटहरु घण्टामा त घण्टाहरु दिनहरुमा बद्लिदै गए । तर उनको जवाफ कहिल्यै आएन । बस स्टेसनमा हातको घडि हेर्दै बस पर्खिदा मन जति बेचैन हुन्छ नि ? त्यो भन्दा बेचैन थिएँ उनको जवाफ पर्खिदा । हरेक दिन हरेक कोणबाट मन दुखाइरहेँ । कहिले ‘उनि मेरो हो नै को र ? जवाफ फर्काउनलाई’ भनेर मन दुखाएँ । कहिले ‘यसरी एक्कासी बेपत्ता हुनेले मेरो जीवनमा इन्ट्रि किन मारीन’ भनेर मन दुखाएँ । एक किसिमले भनौँ भने, पहिलो दिनमा गज्जबको सरप्राइज दिई, सम्हालिनै नसक्ने गरी । दोस्रो दिनमा झन ठूलो सरप्राइज दिई सहनै नसक्ने गरी ।

    ४ दिन भैसकेको थियो, ऊसँग मेरो कुराकानी नभएको । र ४ दिन भएको थियो, लगातार उसको प्रोफाइल चेक गरेको ।तर उनि न त प्रोफाइलमा आईन न म्यासेन्जरमा । उनको अनुपस्थितीमा सँधै रंगिन लाग्ने फेसबुकका भित्ताहरु प्नि सादा लाग्न थालिसकेको थियो । हर एक दिन जसो उनले म्यासेन्जरमा पठाएको फोटो हेर्थेँ । उहि रातो कुर्ता अनि आखा ल्योभ्याउने गरी अघिल्तिर छोडेको उहि सिल्की कपाल । मन्द मुस्कान सहितको उहि सुन्दर अनुहार ! सुन्दरीजल मा खिचेको भन्थिन उनको त्यहि सुन्दर तस्बिर मेरो लागि आदत बनिसकेको थियो, कफिको नशा जत्तिकै !

    अफिसबाट आज अलि ढिलो आए, छिटो रुममा आउन पनि मन लागेन र माइतिघर मण्डला हुदै निस्किए सडक पुरा सुनसान छ, पुलिस दाईहरु छिटपुट आइरहेका सवारीसाधन चेक गरिरहेका थिए भने म जस्तै भौतारियर हावा खान हिडेकाहरुलाई जम्मा पारेर उठबस गराउन लगाउदै थिए। म भने ति दृश्यहरुलाई अलि टाढाबाट नियालेर हेर्दै थिए। म अफिसको पहिरनमा भएको ले मलाई कुनै रोक तोक भएन त्यसरि नै बबरमहल हुदै बानेश्वर निस्किए।अनि बानेश्वरको गल्ली हुदै लागे रुम तिर।भोको शरीर को कारण मेरो ज्यान पुरै थकित थियो ।

    खाना पकाउने जागर चलेन चाउचाउ उमाले अनि खाए । न उनले म्यासेज गर्छिन कि भनेर मुबाइल हेर अह गरिनन्, फोन गर्न खोजे तर आज पनि अफ रहेछ। आशा नै आशामा जिन्दगी अगाडि बढिरहेको थियो । उनलाई विर्सन म कहाँ सक्थे अझ यति छिटो ।मनमा विभिन्न कुरा खेल्थे। एक दिन न एक दिन त कसो मोवाइल नहेर्लिन त भनेर केही कु,ाहरु लेखेर पठाउने अठोटका साथ मोवाइल निकाले अनि आज उनलाई अब मनमा लागेको कुरासहित अन्तिम म्यासेज गर्छु भनेर टाइप गर्न थाले।ू; हुन त तिमी सङ्ग कहिले भेट हुने मौका जुरेन।भेट्ने तरखर हुदा हुदै पनि बन्दाबन्दि ले सब चकनाचुर बनाइदियो र पनि तिमी सङ्ग फोनमा हुने कुरा, तिमीलाई फेसबुक म्यासेन्जरका भित्तामा देखिने ती तिम्रो मोनालिशाको आकृति झै मायालु अनुहार ,म्यासेन्जर मार्फत हामीले गहिरो माया गासेका दिनमा तिम्रो आखाको गहिराइमा निकै पटक डुबेको थिए।सायद लाग्छ आज मलाई त्यसकै सजाय दिइरहेको छौ।

    पठाए र फेरि लेख्न थाले– तिमीसँग बिताएको अमूल्य मिलनको कहानी मेरो हृदयको पानपाते पानामा स्मृतिको कलमले कहिल्यै नमेटिने गरी लेखेको छु । तिमी त्यस्ति मान्छे हौ , तिमी त्यो सुन्दरता हौ, जसलाई तस्वीरमा उतार्न सकिन्न । तिमी त्यो भाव हौ, जसलाई कवितामा लेख्न सकिन्न ।प्रेम शाश्वत छ । महान छ । र, दूरताले यसलाई अझ गाढा बनाउँछ । प्रेममा एक अर्काको अनुपस्थितिले यादलाई अझ प्रगाढ बनाउँछ र माया चरमोत्कर्षमा पुग्छ । पहिले त मलाई नि हो जस्तै लाग्थ्यो तिमी सङ्ग सम्बाद भईराख्दा हो मलाई यस्तै लाग्थ्यो तर अहिले त यो बकवास लाग्छ मलाई ।अझै पनि मलाई मायाको किनारै किनारमा स्मृतिका पत्रहरु छर्दै तिमीसामु आइपुग्न अनि तिम्रै वरिपरि बसेर ग्रन्थ लेख्न मन लाग्छ । जहाँ हाम्रो सत्यकथाको महिमा वर्णन गरिएको हुन्छ । तर बिडम्बना यो छ कि खाई के भनुम अब यो केबल सपना साकार होला ।

    लाग्छ अहिले मलाई जिन्दगी यसरी बितिरहेको छ कि फर्केर हेर्नका लागि कुनै अवसरको प्रतीक्षा गर्नुपर्ने भएको छ ।कुनै समय साँच्चै आनन्द लाग्दो थियो, जहाँ सबै आफ्ना थिए र आफूमा कुनै किसिमको समस्या हुनुभन्दा पहिला नै त्यसको समाधान खोजिदिने उनी थिइन् हुन त मलाई यो पनि थाहा छ कि कसैले बेवास्ता गरिरहेको छ भन्ने पनि थाहा छ, कसैलाई म मन परिरहेको छैन भन्ने पनि थाहा छ, म आफ्नो बाटोबाट विचलित हुँदै छु भन्ने पनि थाहा छ र हिँड्नुपर्ने बाटो कुन हो भन्ने पनि थाहा छ । तर पनि खाई किन किन मन एक वसमा छैन ।

    कसैको केही परवाह लाग्दैन तर जब मनले भन्छ, “तँ साह्रै अभागी रहेछस्”, साँच्चै डाँको छाडेर रुन मन लाग्छ तर आजसम्म त्यस्तो आत्मीयता कोहीसँग पनि पाएको छैन कि कसैको सामु धित मरुन्जेल रुन सकूँ । मन यति गह्रौँ छ कि यसको भार थाम्न नसकी पूरै जीवन ढलिसकेको छ तर सास फेर्न अझै छाडेको छैन । आफूले सजाएका सपनाहरु सबै खरानी भइसकेका छन् तर सम्झना त्यो सपनाभन्दा पर छैन, अपेक्षाहरुले लात मारिसकेका छन् तर त्यसलाई अझै स्वीकार गर्न सकिएको छैन । जिन्दगी यही मेरो घर बाट देखिने इन्द्रवतिसरह बग्दो छ तर पनि यो कुनै मोडमा पुगेर अँकुसे लागेर अड्किएझैँ अड्किएको छ बिचैमा । थाहा छ राम्रोसँग । मेरो रहनु र नरहनुको केही अर्थ छैन तिम्रो जीवनमा । तर पनि बिपनीको हरेक पल, सपनीको हरेकक्षण मैले तिम्रै लागि सुम्पेको छु ।
    फेरि लेख्न थाले
    तिम्रो शरिरप्रति मेरो केही स्वार्थ थिएन । क्रिम पाउडर दलेको भन्दा फुक्का फेस राम्रो लाग्थ्यो । नक्कली बनेर नक्कली मायाजालमा रमाउनुपर्ने तिमीलाई मेरो सक्कली माया फिक्का लाग्यो सायद । रुपमा घमण्ड हो भने त्यो क्षणिक हो । जबसम्म तिम्रो गालामा रगत बहन्छ तबसम्म मात्रै अरुले पछ्याउने हो । गाला र ओठको ब्यापार कतिञ्जेल टिक्छ र ? अहिले तिमीले भनेजति भाउ दिनेहरु स्वार्थ सकिएपछि तिम्रै चरित्रमाथि प्रहार गर्न आउछन त्यो तिमी बुझिराख्नु।

    विगत, विगत थिएन यदि थियो भने त किन म अदृश्य प्रेमी जिवनमा छटपटाईरहेको छ त। जिवनमा कति धेरै सपना थिए, केही योजना थिए ती सब योजना अब भताभुङ्ग भए तर पनि मुटुलाई दरिलो बनाउदै सपनाहरु हृदय भरि लुकाएर राखेको छु।न त ती सपना मार्न सक्छु, न त म नै मर्न सक्छु। विवशतामा किन भौतारिरहेका छन् ती फगतका यादहरु। भनिन्छ नि यादहरु नै हुन , जसले विगतलाई भनौ या घटिरहेका वर्तमान घटनालाई भनौ, मानिसलाई पटक पटक झस्काउने गर्दछ।

    कति रमाइला थिए, ति दिनहरु, ति पलहरु । कहिले काहीँ सँगै छौं जस्तो लाग्छ तर होसमा आएपछि आफुलाई एक्लो पाउँछु । अपसोच त यती मात्र लाग्छ, न त तिमीले मेरो छट्पटाइको महसुस गर्न सकेकि छौ, न त त्यो दिन बेलुकाको संवाद देखि अहिलेसम्म फेरि कुरा गर्न पाँए।आज भोली यो जिन्दगी पनि फिक्का फिक्का लाग्छ, अनि आँसु पनि पानी सरी बग्दो रहेछ । जति नै सम्हाल्न खोजे पनि सकिरहेको छैन मैले तिम्रो याद भुलाउन ।. आधा चाहना त दिलमा नै चिहान बनेका छन् । अझै पनि आधा चाहना निभ्न लागेको दियो झै धिपधिप बलिरहेका छन् । शुन्य–शुन्य लाग्छ जीवनका पानाहरु । निरासै निरासाको संसारमा हराए जस्तो लाग्छ, अचेल हरेक पल–हरेक दिनरातहरु । रंगिन सपना देख्न छोडेको त धेरै नै हुन लाग्यो । अब ती सपनामा बाँच्न पनि गाह्रो भइसक्यो । मन छैन र पनि अगाडि बढ्न खोज्दैछु ।अझै पनि तिम्रो फोनको अनि म्यासेजको प्रतीक्षामा छु।

    यतिकै मा म कति खेर निदाएछु । पत्तै भएन , भोलि पल्ट बिहानै उठेर चिया बनाए । चिया पिउदै थिए एउटा सेफ नभएको नम्बर बाट फोन आयो । धेरै जसो सेफ नभका नम्बर बाट धेरै नै फोन आउने हुदा म नचिनेको नम्बर बाट फोन आउदा उठाउने थिइन र यश पटक पनि उठाइन । फोन नउठाएर होला म्यासेज आयो फोन उठाउनुस न, त्यही नम्बर बाट फेरि फोन आयो अनि उठाए
    कहाँ हुनुहुन्छ ?
    मः म काठमाडौ छु।हजुर को हो ?
    हजुर रुममा नै हो ?
    मःअ रुममा नै छु , किन र
    म रिमाको बहिनी बोलेको दिदि हजुर सङ्ग एक पटक भेट्न चाहनुहुन्छ रे हस्पिटल आउनुस
    हस्पिटल भन्ने सुने पनि के भएको कसरी भएको केही नसोधि
    मः कुन हस्पिटल कहाँ?
    निजामती कर्मचारी हस्पिटल बानेश्वर

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com