तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल — OSNepal

तपाईको आजको दिन कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

LC (KTM) January 18, 2023 0

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
मेष राशि भएका जातकका लागि मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ हुनेछ भने स्वास्थ्यमा प्रतिकुलता हुनसक्छ । विजय प्राप्त हुनेछ । व्यापार व्यवसायबाट पनि अर्थ लाभ हुनेछ ।  दैनिक उपभोगबाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
आजको दिन अध्ययन अनुसन्धानमा रुची र मनमा हर्ष छाउने छ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्ने छ । यात्रा चाहिँ कष्टकर हुनेछ । त्यसो त यात्रा गर्नैपर्ने छ भने पूर्वदिशा फर्केर यात्राको शुरुवात गर्नुहोला । आजको दिन आम्दानीको स्रोत बढ्ने छ । 

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मिथुन राशिका जातकका लागि आजको दिन निकै शुभ रहेको छ । व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ । आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने काममा सफलता मिल्नेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला । 

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आज आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा विरोध गर्नेले सम्मानका शब्द प्रयोग गर्नेछन् । आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला । पारिवारमा ससाना कुरामा विवाद हुनसक्छ । विवाद हुने काम नगर्नु नै उत्तम हुनेछ ।  

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले आजको दिन मौन रहनु हित हुनेछ । घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईले विश्वास गरेका मित्रबाट दुःख र धोका हुनसक्छ । आजको दिन बिहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले उर्जा मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुनेछ । मंगलबार कुनै नयाँ काम शुरुवात गर्न सक्नु हुनेछ । मानसम्मान मिल्न सक्छ । तपाईले गरेका कामको मानसम्मान र व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आज उपहार साटाटाट गर्दा फाइदा हुनेछ । कुमारी कन्यालाई भोजन र बस्त्र दान दिनुभयो भने शुभ हुनेछ । 

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन त्यति अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्यवभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । आजको दिन सकारात्मक सोच राख्नुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन सूर्योदयको दर्शन गर्नुहोला ।    

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्ने छ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ । सोचविचार गरेर काम गर्नुहोला । आज गरेका कार्य सफलतापूर्वक सफल हुनेछ ।   

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
तपाईलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा प्राप्त हुनेछ । मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । व्यापार व्यवसायमा आजको सफलता मिल्नेछ । आर्थिक कारोबार लाभ भन्दाबढी हानी हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । चन्द्रमाको साथ रहेको छ । मकर राशिका जातकले हरेक साता मंगलबार गणेश मन्दिरमा दर्शन गर्नाले ग्रहदोष कम हुँदै जानेछ । आजको दिन सूर्योदयको दर्शन र जलअभिषेक गर्दा मनमा उर्जा थपिने छ ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । आजको दिन बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । आर्थिक कारोबारमा समस्या हुनसक्छ । आजको दिन विवाद नगरी नियमित कामबाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ । दाम्पत्यजीवनमा खुसियाली छाउनेछ ।   

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ । अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ । आफ्नो काममा ध्यान दिएर योजनाबद्ध ढंगले काम गर्नुपर्ने छ । बिहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर