१० दिनसम्म सँगै कैदमा परेको यो जोडीको थुनामा नै बस्यो माया , थुनाबाट निस्किएपछि गरे विबाह — OSNepal

१० दिनसम्म सँगै कैदमा परेको यो जोडीको थुनामा नै बस्यो माया , थुनाबाट निस्किएपछि गरे विबाह

LC (KTM) January 18, 2023 0

काठमाडौं ।१० दिनसम्म सँगै कैदमा बसेका युवक र युवतीबिच गहिरो माया प्रेम बसेपछि उनीहरुले विबाह गरेका छन् । खबर हो चिनको । उनीहरुको भेट ‘ब्लाइन्ड डेट’ मा भएको हो । युवक शेन्जेन प्रान्तबाट हाइनान प्रान्तको सान्यामा रहेको युवतीको घरमा ‘ब्लाइन्ड डेट’ मा गएको मौकामा उनीहरुको भेट भएको हो ।

युवक युवतीको घर पुग्दा कोरोनाका बिरामी बढेकाले दम्पतीलाई दश दिनसम्म फ्ल्याटमा क्वारेन्टाइनमा राखिएसँगै उनीहरु एकसाथ बसेको डेढ हप्ताकै समयमा उनीहरु गहिरो प्रेममा परेका हुन् । जोडीले क्वारेन्टाइन अवधिको धेरै भिडियोहरू पनि बनाए।

भिडियोमा युवक भान्सामा खाना पकाउँदै गरेको देखिएका छन्, दुवै एकअर्कासँग खुसी देखिन्छन् ।क्वारेन्टाइन अवधि सकिएपछि छुट्टिएर बस्दा कसैलाई गुमाएजस्तो भएपछि उनीहरुले हालै विबाह गरेका छन् । दुवैले डिसेम्बर २६ मा सेन्जेनस्थित रजिस्ट्री अफिसमा विवाह गरेको चिनिया समाचार एजेन्सीले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर