गीताको नेपाली अनुवाद एक करोड मानिसलाई निःशुल्क वितरण गर्ने महाअभियान सुरु — OSNepal

गीताको नेपाली अनुवाद एक करोड मानिसलाई निःशुल्क वितरण गर्ने महाअभियान सुरु

LC (KTM) January 20, 2023 0

काठमाडौँ-एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ । तीन महिनाअघिदेखि यो महाअभियान सुरु भएको हो ।सालिकराम उपाध्याय घिमिरेको संयोजकत्वमा प्रकाशन समिति गठन गरेर एक करोड गीतादान महाअभियान सुरु गरिएको अभियानकर्मी एवं नेपाल सरकारका पूर्वसहसचिव डा बद्री पोखरेलले राससलाई जानकारी दिनुभयो । पहिलो संस्करणमा २१ हजार प्रति गीता छापिएको छ ।

विभिन्न देशको यात्राका क्रममा क्रिश्चियनका हातमा ‘बाइबल’, मुस्लिमका हातमा ‘कुरान’ देखेपछि नेपाली भाषी हिन्दूका हातमा गीता होस् भनेर यो महाअभियान सुरु गरिएको जयतु संस्कृतम् संस्थाको अध्यक्षसमेत रहनुभएका पोखरेलले बताउनुभयो ।

गीतालाई अङ्ग्रेजी भाषामा पनि श्लोकपिच्छे भावानुवाद गरेर प्रकाशन गर्ने तयारी गरिएको समितिले जनाएको छ । महाअभियानका लागि सहयोग गर्न चाहने दाताबाट सहयोग लिई नसक्नेका लागि निःशुल्क गीतादान गरिनेछ । हाल महाअभियानमा १८ जना सहभागी हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर