अस्ट्रेलिया को क्यानबेरामा वनभोज कार्यक्रम सम्पन्न — OSNepal

अस्ट्रेलिया को क्यानबेरामा वनभोज कार्यक्रम सम्पन्न

LC (KTM) January 21, 2023 0

अस्ट्रेलिया को क्यानवेरा मा वनभोज कार्यक्रम १५ जनवरी आइतवार को दिन क्यासुरिना स्याण्ड रिसर्भ, कटर रोड मा सम्पन्न भएको कुरा आयोजक अस्ट्रेलियन नेपाल फ्रेन्डशिप सोसाइटि का यूव राज पौडेल ले जानकारी दिनु भएको थियो l अस्ट्रेलियन नेपाल फ्रेन्डशिप सोसाइटिले देउसी भैली कार्यक्रम २०२२ मा सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहरु सगको पुन भेटघाट साथै महामहिम राजदूत कैलाश राज पोखरेल सगको स्वागत र शुभकामना आदान- प्रदान को उदेश्य ले कार्यक्रम आयोजना भएको आयोजक ले जानकारी गरएको थियो l

उक्त वनभोज कार्यक्रम मा महामहिम राजदूत कैलाश राज पोखरेल, Mr Mainul Haque, Multicultural Honorary Ambassador for the Australian Capital Territory  र  Mr Peter Cain, Shadow Attorney–General, Assistant shadow treasurer, Shadow Minister for Multicultural Affairs, and Planning and Land Management: Liberal Member for Ginninderra को उपस्थिति रहेको थियो l

नेपाली दाजु भाई दिदि बहिनि साथै आमा बुबा को पनि बाक्लो उपस्थितिमा रहेको उक्त कार्यक्रम मा शुभकामना आदान- प्रदान को साथै सामाजिक कार्य प्रति को गम्भीर बिषयमा छलफल समेत चलेको थियो l उक्त देउसी भैली कार्यक्रम २०२२ क्यानबेराको नोर्थ रिजन बाट युवा ब्यवासाही यूव राज पौडेल र उहाको सह-परिवार साथै छिमेकिहरु द्वारा होस्ट गरिएको थियो l वनभोज कार्यक्रम का केहि झलकहरु तल हेर्न सक्नु हुनेछ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर