महामारीमा जनताको पर्वाह छैन देउवालाई, दिनभर दौडधुप साँझ शिथिल — OSNepal

महामारीमा जनताको पर्वाह छैन देउवालाई, दिनभर दौडधुप साँझ शिथिल

LC (KTM) May 14, 2021 0

काठमाडौं । प्रतिनिधि सभामा हाल कायम सदस्य संख्याको बहुमत नपुग्ने अवस्थापछि नेपाली कांग्रेस वैकल्पिक सरकार दाबी गर्नबाट ‘ब्याक’ भएको छ । लामो कसरत र प्रयासपछि आफ्नो पक्षमा संख्या जुटाउन नसकेपछि कांग्रेस बहुमतको वैकल्पिक सरकार दाबी गर्नबाट पछि हटेको हो ।

कांग्रेसले गत २७ बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन नसकेपछि सरकारमाथि दाबी गर्ने भन्दै विपक्षी दलसँग सघन छलफल अघि बढाएको थियो । त्यसक्रममा विपक्षमा नै रहेको नेकपा माओवादी केन्द्रको समर्थन पाए पनि जनता समाजवादी पार्टीको सिंगो समर्थन प्राप्त गर्न नसकेपछि कांग्रेस सरकार दाबीबाट पछि हटेको हो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको मात्रै संख्याले बहुमत नपुग्ने अवस्था भएको र जसपाले साथ नदिएपछि सरकारमाथि दाबी गर्ने अवस्था नरहेको बताए । कांग्रेसलाई जसपाभित्रको उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले भने वैकल्पिक सरकार गठनका लागि सहयोग गर्ने वचन दिएका थिए ।यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

तर, बिहीबार दिनभर एमालेकै माधव नेपाल समूहको निर्णयसमेत कुरेको कांग्रेसले सो समूहको राजीनामा नआउने अवस्था विकसित भएपछि सरकार दाबी प्रयासबाट पछि हटेको हो । कांग्रेसले अन्तिम अवस्थामा पनि जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग छलफल ग¥यो । तर, उनीहरू कांग्रेस नेतृत्वको सरकारका लागि तयार नभएपछि सभापति देउवाले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै निवास बोलाएर अवस्थाबारे जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर