गैरआवासीय नेपाली संघद्धारा ईटहरी अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण — OSNepal

गैरआवासीय नेपाली संघद्धारा ईटहरी अस्पताललाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

LC (KTM) July 06, 2021 0

गैरआवासीय नेपाली संघ कतारले इटहरी अस्पताललाई दुईथान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । आज इटहरी अस्पतालमा एक कार्यक्रमका विच अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । इटहरी अस्पतालका मेडिकल सुपरिडेन्ट डा योगेश चेम्जोङ्गले महामारीको यो समयमा एनआरएनएले इटहरी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएकोमा धन्यवाद दिनुभयो ।

इटहरी उपमहानगपालिकाका स्वास्थ्य शाखा प्रमुख धनश्याम सिग्देल,प्रेस संयोजक लिलाराज भटटराई र इटहरी अस्पताल इमरजेन्सी इन्र्चाज रामकुमार धमलाले एउटै वाट दुइजनाको उपचारमा सहयोग पुग्ने कन्सन्ट्रेटरवाट इटहरी अस्पतालको उपचार सेवामा सहयोग पुग्ने वताउनुभयो । एनआरएनएको तर्फवाट कन्सन्ट्रेटर हस्तान्तरण गर्दै एनआरएन कतारका पूर्व सचिव टिन एन वरालले पूर्व क्षेत्रमा आठ वटा अक्सिजन हस्तान्तरण हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर