फिल्म 'ब्लड मनी' बाट अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् नायिका ऋचा शर्माले — OSNepal

फिल्म ‘ब्लड मनी’ बाट अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् नायिका ऋचा शर्माले

LC (KTM) January 22, 2023 0

काठमाडौँ । नायिका ऋचा शर्माले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। अष्ट्रेलियाको सिड्नीमा भएको अनर विथ बेस्ट एक्ट्रेस अवार्ड एट रिनाउन्स फिल्म फेस्टिभल ‘टाइटन’ मा ऋचाले फिल्म ‘ब्लड मनी’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी हुन् ।

१ सयभन्दा बढी देशका फिल्म सहभागी फेस्टिभलमा लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई सम्मान गरिएको थियो।

ब्लड मनी’ ले ह्वाइट पर्ल्स इन्टरनेशनल फिल्म फेस्टिभल र अथ्वीकवरुणी इन्टरनेशन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो।

२७ मिनेट लामो फिल्ममा ऋचा शर्मा, अशोक तिमल्सिना, मिथिला शर्माको मुख्य भूमिकामा छन् । पारिवारिक आर्थिक अवस्थाले विदेशिएका युवाको कथा समेटिएको फिल्मलाई फेस्टिभलमा नेपाली फिल्म ुब्लड मनीु लाई पृथक रूपमा हेरिएको निर्माण यूनिटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर