जहाजबाट जब यी महिलाले मलाई आशा छ कि यो जहाज पल्टिन्छ, सबैको मृत्यु हुनेछ भन्दै चिच्याइन् — OSNepal

जहाजबाट जब यी महिलाले मलाई आशा छ कि यो जहाज पल्टिन्छ, सबैको मृत्यु हुनेछ भन्दै चिच्याइन्

LC (KTM) January 23, 2023 0

काठमाडौं । विमानमा चढेपछि हरेक यात्रुको इच्छा हुन्छ सकुशल अवतरण गरौँ भन्ने । तर अमेरिकाको लस भेगासकी एक महिलाले भने आँफु सवार विमान दुर्घटना हुन्छ, सबैको ज्यान जानेछ’ भन्दै चिच्याइन् । जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

भाइरल भिडियो हेरेपछि प्रयोगकर्ताहरूले ती महिलाको चर्को आलोचना गरेका छन् । स्पिरिट एयरलाइन्सको उडानबाट सवार ति महिला विमान चढ्दा नै निकै रिसाएकी थिइन् । अवतरण गर्दा उनले विमान दुर्घटनाको कामना गरिन् । दुर्घटनामा सबै यात्रुको ज्यान जानेछ भनेर चिच्याउन थालिन् । उनको भनाई सुनेर त्यहाँ उपस्थित मानिसहरु छक्क परे । भिडियोमा एक ठाउँमा महिलाले भनिन्, ‘तिमी मेरो हैसियतमा भएको भए पनि यस्तै गर्थे ।’

लाखौँ पटक हेरिएको भिडियोमा उनले मलाई आशा छ कि उडान दुर्घटना होस् र तपाईं सबै मर्नुहुनेछ भनेको सुनिन्छ । चिच्याइरहेकी ति महिला र उनका पुरुष साथीलाई विमानबाट बाहिर निकालिरहेको पनि भिडियोमा देख्न सकिन्छ । सोही क्रममा सिटमा बसेका अन्य यात्रुले उनीहरुलाई ट्रोल गरिरहेका छन् । विमानका पाइलटलाई ककपिटबाट बाहिर निस्किएको समेत भिडियोमा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर