एम्बाप्पे चम्किँदा एक्लैले गरे ५ गोल, पिएसजीले एउटै खेलमा ७ गोल गर्दै रच्यो इतिहाँस — OSNepal

एम्बाप्पे चम्किँदा एक्लैले गरे ५ गोल, पिएसजीले एउटै खेलमा ७ गोल गर्दै रच्यो इतिहाँस

LC (KTM) January 24, 2023 0

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कप फुटबलमा फराकिलो जित दर्ता गरेको छ ।पीएसजीले छैटौं श्रेणीको पाएस डी कासेलमाथि ७–० को फराकिलो जित हात पारेको हो । जितका लागि नेयमार र कार्लोस सोलरले १–१ गोल गरेका थिए भने केलियन एमबाप्पे एक्लैले पाँच गोल गरेका थिए ।

एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बन्न सफल भएका छन् । यो गोल गरेसँगै एमबाप्पेले खेलको २९ औं, ३४ औं, ४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

त्यसपछि एमबाप्पेले ५६ औं र ७९ औं मिनेटमा थप दुई गोल गरेका थिए । यस्तै नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।जितसँगै पीएसजी प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर