नवजात शिशु फाल्ने अभियुक्त सात वर्षपछि पक्राउ — OSNepal

नवजात शिशु फाल्ने अभियुक्त सात वर्षपछि पक्राउ

LC (KTM) January 25, 2023 0

चितवन, ११ माघ-कर्तव्य ज्यान मुद्दामा सात वर्षअघि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ की २७ वर्षीया सीता लामिछाने रहेकी छन् ।

लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माएर चितवनमा साविकको पिठुवा गाजिस–७ माधवपुरस्थित धानखेतको कुलोमा बेवारिसे फालेको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो ।

सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर