बौद्धिक नेता घनश्याम भूसाललाई महासचिव बनाउने तयारीमा माधव नेपाल — OSNepal

बौद्धिक नेता घनश्याम भूसाललाई महासचिव बनाउने तयारीमा माधव नेपाल

LC (KTM) January 26, 2023 0

काठमाडौं । नेकपा एमालेमा रहँदा घनश्याम भुसाललाई बौँद्धिक नेता भनिन्थ्यो । तर एमाले अध्यक्ष केपी ओलीले टिकट नै नदिएपछि एमाले परित्याग गरेका घनश्याम भूसाल लामो समयपछि
नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । उनै घनश्याम भूसाललाई माधव नेपालले महासचिव बनाउने भइका छन् ।

हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको एकीकृत समाजवादीले जनाएको छ । गत २९ पुसमा भूसालले एकीकृत समाजवादी प्रवेशको घोषणा गरेका थिए ।

भूसालले तत्कालै एकीकृत समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरेको थियो । अहिले सचिवालय सदस्यकै भूमिकामा रहेका भूसाललाई महासचिव बनाउनेगरी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

२१९२२ माघमा बोलाइएको बैठकबाट भूसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी माधव नेपालको रहेको छ । गत २३ असोजमा भूसालले एमाले परित्याग गरी रुपन्देही९१ बाट स्वतन्त्र रुपमा चुनाव लडेका उनले काँग्रेस र माओवादीको साथ पाउँदा पनि पराजय बेहोरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर