कोरोना बिरामीका डाक्टर भन्छन् 'अक्सिजन कै कारण धेरै बिरामीले आँखै अगाडि ज्यान गुमाउदा धेरै दुख लाग्छ — OSNepal

कोरोना बिरामीका डाक्टर भन्छन् ‘अक्सिजन कै कारण धेरै बिरामीले आँखै अगाडि ज्यान गुमाउदा धेरै दुख लाग्छ

LC (KTM) May 14, 2021 0

काठमाडौँ । ट्रमा सेन्टरका निर्देशक डा। सन्तोष पौडेलले बिहीबार बिहानै फेसबुकमा अक्सिजन अभावको स्टाटस लेखे– ‘अक्सिजनको चरम अभाव रातभर त थामियो, अब गाह्रो भयो । ट्रमा सेन्टरमा १ सय ५ जना बिरामी छन् । कृपया सहयोग चाहियो ।’अस्प

तालमा बिहीबार ६ जनाले ज्यान गुमाए । ट्रमामा लिक्विड अक्सिजनको सिलिन्डर छ तर बुधबारै अक्सिजन सकिएपछि सिलिन्डरको भर पर्नुपरेको थियो । ‘रातभरि अक्सिजन खोज्यौं, पर्याप्त पाउन सकेनौं,’ पौडेलले भने, ‘सबै निकायका पदाधिकारीलाई जानकारी गराए पनि केही उपाय नभएपछि सर्वसाधारणलाई अक्सिजन दिएर सहयोग गर्न अपिल गर्नुपरेको हो ।’ अपिलअनुसार केही सिलिन्डर सहयोगसमेत पाएको र भर्ना भएका बिरामीलाई बिहीबार दिनभरि पनि अक्सिजन जोहो गर्नुपरेको उनले बताए ।

अक्सिजन पर्याप्त नहुँदा हाइफ्लोमा दिन सम्भव नभएको उनले जानकारी दिए । धेरैजसो संक्रमितको मृत्यु हाइफ्लो अक्सिजन दिन नसक्दा भएको उनले बताए । यो अस्पतालमा दिनभरि मृत्यु भएकाको सम्झनामा ट्वीट गर्दै उनले लेखेका छन्, ‘पीडा छ हजुर, जीवनमा डाक्टर भएँ । मानव जीवनलाई माया गरें । आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु । मजस्तै जीवनहरू तिमीहरूलाई बचाउन सकिनँ, माफ गर ।कान्तिपुर दैनिकमा छापिएको छ ।
हार्दिक श्रद्धाञ्जली प्रिय जीवनहरू ।’ हाइफ्लोको अक्सिजन दिन नसक्दा गम्भीर भएका बिरामीलाई बचाउन गाह्रो भइरहेको उनले बताए । ‘अहिले त कसरी हुन्छ, अक्सिजन जोहो मात्रै गर्नुपरेको छ,’ उनले भने । ट्रमासँगैको वीर अस्पतालमा पनि बिहीबार १२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर