सर्वोच्चको आदेशले पदमुक्त भएका रवीले कति समयमा पाउँछन् अब नेपाली नागरिकताको प्रमाणपत्र ? — OSNepal

सर्वोच्चको आदेशले पदमुक्त भएका रवीले कति समयमा पाउँछन् अब नेपाली नागरिकताको प्रमाणपत्र ?

LC (KTM) January 27, 2023 0

काठमाडौं । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अब नेपाली नागरिकताको प्रमाणपत्र पाउन के गर्लान् भन्ने प्रश्न उठेको छ ।

लामिछानेले प्रक्रिया पूरा गरेर नागरिकता लिन चाहेमा तत्काल नागरिकताको प्रमाणपत्र लिन पाउने जिल्ला प्रशासन कार्यालयका उच्च अधिकारीले जानकारी दिए ।

उनका अनुसार ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश नभएका कारण पनि रविलाई नेपाली नागरिकताको प्रमाणपत्र लिन समस्या छैन ।

यद्यपी उनले पनि सामान्य नागरिकले जसरी प्रक्रिया पुर्‍याएर नागरिकताको प्रतिलिपी लिन सक्नेछन् । रवीले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाएकाले उनले नयाँ प्रतिलिपी नागरिकता नपाएको जिल्ला प्रशासन कार्यालयका उच्च अधिकारीले बताए ।

उनीप्रति नेपालको न्यायालय केही उदारमना भएको देखिन्छ । चाहे भने उनी तत्कालै नेपाली नागरिकताको प्रमाणपत्र लिन सक्छन् । अब हुने चितवन २ को उपनिर्वाचनमा उनी फेरि सामेल हुन सक्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर