प्रचण्डलाई भेटेर राजीनामा बुझाए रवि लामिछानेले — OSNepal

प्रचण्डलाई भेटेर राजीनामा बुझाए रवि लामिछानेले

LC (KTM) January 27, 2023 0

काठमाडौं, माघ १३ । रवि लामिछाने उपप्रधान एवम् गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । लामिछानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन्।

सर्वोच्चले रवीले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया नमिलेको भन्दै उनको नागरिकतासँगै सांसद पद बदर गरिदिएसँगै उनको गृहमन्त्री पद पनि गएको हो ।

सर्वोच्चको शुक्रबारको आदेशसँगै उनले पुनस् प्रक्रिया पुर्‍याएर नागरिकता लिनुपर्नेछ। पहिलाको नागरिकता काभ्रेपलाञ्चोकबाट लिएका रविले प्रक्रिया पुराएर फेरी नागरिकता लिएसँगै उनले तत्कालै नेपाली नागरिकताको प्रमाणपत्र लिन सक्छन् । अब हुने चितवन २ को उपनिर्वाचनमा उनी फेरि सामेल हुन सक्छन् ।

रवीले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा जिल्ला प्रशासन कार्यालयमा नबुझाएकाले उनले नयाँ प्रतिलिपी नागरिकता नपाएको जिल्ला प्रशासन कार्यालयका उच्च अधिकारीले बताए ।

उनका अनुसार ‘सर्वोच्च अदालतको संक्षिप्त निर्णयमा कुनै नकारात्मक टिप्पणी र आदेश नभएका कारण पनि रविलाई नेपाली नागरिकताको प्रमाणपत्र लिन समस्या छैन । यद्यपी उनले पनि सामान्य नागरिकले जसरी प्रक्रिया पुर्‍याएर नागरिकताको प्रतिलिपी लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर