रवि नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि काठमाडौं जिल्ला प्रशासन पुगर लाइनमा बसे — OSNepal

रवि नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि काठमाडौं जिल्ला प्रशासन पुगर लाइनमा बसे

LC (KTM) January 29, 2023 0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व अध्यक्ष तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

लामिछाने आज कार्यालय खुल्दासाथ बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन पुगेर नागरिकताको प्रमाणपत्र पुनःप्राप्तिका लागि प्रकृया सुरु गर्न लागेका हुन् । मिछानेविरुद्ध सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागपछि प्रक्रिया नपुर्याएको भन्दै उनको नेपाली नागरिकता कायम नरहेको फैसला गरेसँगै उनी अनागरिक बन्न बाध्य भएका छन् ।

नागरिकताविहिन बनेसँगै उनको सांसद पद खारेज भएको छ । सांसद पदसँगै उनले उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापतिको पद गुमाएको भएता पनि फेरी हुने उपनिर्वाचनमा भने उनले भाग लिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर