उत्तर पश्चिम इरानमा भूकम्पमा परी तीन जनाको मृत्यु, ८१६ घाइते — OSNepal

उत्तर पश्चिम इरानमा भूकम्पमा परी तीन जनाको मृत्यु, ८१६ घाइते

LC (KTM) January 29, 2023 0

तेहरान-उत्तरपश्चिम इरानको अजरबैजान प्रान्तमा शनिबार राति गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै ८१६ जना घाइते भएका छन् ।बिहान ९:४४ मा भूकम्प गएको हो । खोय काउन्टीमा यसको केन्द्रविन्दु रहेको र ७ किलोमिटर गहिराइसम्म यसको असर रहेको बताइएको छ ।मुख्य भूकम्पपछि थुप्रै परकम्प गएका थिए जसमा सबैभन्दा ठूलो ४.२ म्याग्निच्युडको रहेको इरानी भूकम्प विज्ञान केन्द्रले जनाएको छ।
भूकम्पका कारण खोय काउन्टीमा पनि अस्थायीरूपमा विद्युत अवरुद्ध भएको थियो ।

भूकम्प प्रभावित क्षेत्रबाट प्राप्त विवरणअनुसार ग्रामीण क्षेत्रमा भने यसको ठूलो क्षति भएको अनुमान गरिएको छ ।दुई हप्तामा यो प्रदेशमा गएको यो दोस्रो ठूलो भूकम्प हो । गत जनवरी १९ मा खोय काउन्टीमा गएको ५.४ म्याग्निच्युडको भूकम्पमा परी १९० भन्दा बढी व्यक्ति घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर