जुम्ला र मुगुमा भूकम्प आउँदैछ भनेर हल्ला फैलाएपछि स्थानीयले आगो तापेर रात कटाए — OSNepal

जुम्ला र मुगुमा भूकम्प आउँदैछ भनेर हल्ला फैलाएपछि स्थानीयले आगो तापेर रात कटाए

LC (KTM) January 30, 2023 0

काठमाडौँ । भूकम्प कति बेला जान्छ भन्ने अहिलेसम्म वैज्ञानिकहरुले समेत पत्ता लगाउन सकेका छैनन् ।

भूकम्प जाने निश्चित समय अहिलेसम्म पत्ता लागिनसकेको अवस्थामा जुम्ला र मुगुमा भूकम्प आउँछ भनेर हल्ला फैलाए पछि स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य बनेका छन् । स्थानीयलाई भ्रम छरेर रातभर दुख दिएको भन्दै प्रहरीले भूकम्पको हल्ला फैलाउनेको खोजी गरिरहेको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले भूकम्प आउँदै छ भनेर हल्ला फैलाउँदा स्थानीय बासिन्दाले दुस्ख पाएको बताए ।

भूकम्प आउने पूर्व अनुमान पहिला नै गर्न नसकिने हुँदा हुँदै पनि स्थानीयहरु भ्रममा परेर डराएर घर बाहिर निस्केर आगो तापेर रात काटेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए । उनले भने रातभर फोन आएर हैरान भयो ।

अनावश्यक हल्ला चलाएर दुस्ख दिनेलाई कारबाही हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर